
सखररखण्डको स्वाद गुलियो हुन्छ । सखरखण्डको रङ सुन्तला, बैजनी, सेतो, पहेंलो छन् ।
बाहिरपट्टी आलुको बोक्राजस्तो खैरो हुन्छ, कुनै भित्रपट्टी बैजेनी जस्तो त कुनै हल्का सुन्ताला र सेतो रङको हुन्छ । यसको आकारप्रकार पनि कोही लाम्चो र कोही छोटो आकारका हुन्छन् ।
सुन्तला रङको सखरखण्डमा बिटा–क्यारोटिन बढी पाइन्छ । बैजनी रंगकोमा एन्थोसायनिन, जसले विभिन्न स्वास्थ्य लाभ दिन्छ । उमालेर खाँदा पोषक तत्वहरू बढी बच्छन्, भुट्दा वा फ्राइ गर्दा केही घट्न सक्छ ।
यसलाई प्रकृतिको सबैभन्दा शक्तिशाली कन्दमुल मानिएको छ । नेपालका तराईदेखि पहाडीभेगसम्म पाइन्छ ।
सामान्यतय आलुको तुलनामा सखरखण्डमा भिटामिन ‘ए’ चारसयगुणा बढी पाइन्छ । त्यसमा क्यालोरी कम हुन्छ । सखरखण्डमा प्रशस्त मात्रामा भिटामिन, खनिज, फाइबर र एन्टिअक्सिडेन्टहरु छन् ।
सखरखण्डले आँखा स्वास्थ्य, रोग प्रतिरोधी क्षमता, पाचन, मुटु रोग निवारण, क्यान्सर जोखिम कम गर्न र तौल नियन्त्रणमा महत्वपूर्ण छ ।
सखरखण्डमा पोषण स्थिति
सखरखण्डमा क्यालोरी, कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन ए, भिटामिन सी, पोटासियम, म्याङ्गनिज, भिटामिन बी छ, आइरन, कपर आदि पाइन्छ । बैजनी सखरखण्डमा एन्टिअक्सिडेन्टहरू – बीटा–क्यारोटिन, एन्थोसायनिन, एन्टिअक्सिडेन्ट पाइन्छ ।
आँखाका लागि फाइदाजनक
सखरखण्ड भिटामिन ए को सबैभन्दा राम्रो स्रोत हो । एक मध्यम आकारको सखरखण्डले दैनिक भिटामिन ए को शतप्रतिशत आवश्यकता पूरा गर्छ । भिटामिन ए ले राति हेर्ने क्षमता बढाउँछ, आँखाको सतह स्वस्थ राख्छ र उमेरसँगै आउने आँखासम्बन्धी रोग म्याकुलर डिजेनेरेसनबाट जोगाउँछ ।
अध्ययनहरू फुड एण्ड न्यूटिसियन रिसर्च र फ्रोन्टाइर्स इन फ्रर्मालोजीका अनुसार बैजनी सखरखण्डको एन्थोसायनिनले आँखा सुन्निएको कम गर्छ । ड्राई आई सिन्ड्रोममा राहत दिन्छ । विकासशील देशहरूमा भिटामिन ए को कमीले अन्धोपन हुने समस्या छ, सखरखण्ड यसको प्राकृतिक समाधान हो ।
रोग प्रतिरोधी क्षमता बढाउने
भिटामिन ए, सी र एन्टिअक्सिडेन्टहरूले रक्त कोषिकाहरूको उत्पादन बढाउँछन् र संक्रमणबाट जोगाउँछ । विशेषगरी बैजनी सखरखण्डले इम्युन रेस्पोन्सलाई नियमन गर्छ । हार्डवर्ड विश्वविद्यालयका अनुसार यसले श्वासप्रश्वास र आन्द्राको म्युकस मेम्ब्रेन मजबुत बनाउँछ ।
कोभिड जस्ता महामारीमा पनि यस्ता सखरखण्डको पोषक तत्वहरुले इम्युनिटी बलियो बनाउने अध्ययनहरूले देखाएको छ ।
पाचन प्रणालीलाई स्वस्थ राख्छ
फाइबरले प्रिबायोटिकको काम गर्छ, जसले राम्रा ब्याक्टेरिया बिफिडोब्याक्टेरियम र ल्याक्टोलबासिलियस बढाउँछ । यसले संक्रमणीय डायरियाबाट जोगाउँछ । उसिनेको सखरखण्डले छोटो चेन फ्याटी एसिड उत्पादन गर्छ जसले आन्द्राको कोशिकाहरुलाई ऊर्जा दिन्छ ।
मुटु र रक्तचापका लागि लाभदायक
सखरखण्डमा पाइने पोटासियमले रक्तचाप नियन्त्रण गर्छ । सोडियमको प्रभाव कम गर्छ । फाइबरले कोलेस्ट्रोल घटाउँछ । एन्थोसायनिन र फेनोलिक कम्पाउन्डहरूले सुन्निएको कम गर्छन् र धमनीहरू स्वस्थ राख्छन् । हालै साइन्सेस डायरेक्टको सिस्टेम्याटिक रिभ्यूले देखाएअनुसार, सखरखण्ड सेवनले रक्तचाप घटाउँछ र मुटु रोगको जोखिम कम गर्छ ।
मधुमेह नियन्त्रण
सखरखण्डको ग्लाइसेमिक इन्डेक्स हुन्छ । सेतो बोक्राको सखरखण्डको एक्सट्र्याक्टले इन्सुलिन सेन्सिटिभिटी बढाउँछ । त्यसले मधुमेहमा फाइदा दिन्छ । फाइबर र एन्टिअक्सिडेन्टले इन्सुलिन रेसिस्टेन्स कम गर्छ ।
क्यान्सर जोखिम कम गर्छ
सख्खरखण्डाको बीटा–क्यारोटिन, एन्थोसायनिन र अन्य एन्टिअक्सिडेन्टहरूले फ्री ¥याडिकल्सलाई निष्क्रिय गर्छन् र क्यान्सर कोषिकाहरूको वृद्धि रोक्छन् । बैजनी सखरखण्डले अण्डकोष, कोलोन, स्तन र पेटको क्यान्सर कोषिकाहरूको वृद्धि रोकेको पाइएको छ । यसमा पाइने एन्थोसायनिनले सुन्निएको अंगलाई बसाएर क्यान्सर कम गर्न सघाउँ छ ।
मस्तिष्क स्वास्थ्य र तनाव कम
म्याङ्गनिज र पोटासियमले स्नायुमा तनाव कम गरी पोषण दिने काम गर्छ ।
छाला र बाथ रोगलाई लाभकारी
भिटामिन सी र ई ले कोलाजेन उत्पादन गर्नाले छाला चम्किलो बनाउँछ । कम क्यालोरी र उच्च फाइबरले तौल घटाउन समेत सहयोग गर्छ । यसले कलेजोको स्वास्थ्य सुधार्छ, आइरन अब्जब्र्सन बढाउँछ र एन्टी–इन्फ्लेमेटरी गुणले बाथजस्ता रोगमा राहत दिन्छ ।
प्रतिक्रिया