काठमाडौं— कीर्तिपुरस्थित त्रिवि परिसरमा मृत भेटिएका धेरैका कागमा बर्डफ्लु भेटिएको छ ।
कीर्तिपुर नगरपालिका तथा पशु स्वास्थ्य विभागको संयुक्त टोलीले त्रिवि परिसरमा मृत फेला परेका ५ दर्जनभन्दा बढी कागमा संक्रमण पुष्टि भएको बताएको छ । नगरपालिकाकी पशुसेवाका अनुसार शाखामा एक साताअघि स्थानीय व्यक्तिले त्रिविको वीरेन्द्र राज्याभिषेक उद्यानमा कागहरु मरेको जानकारी दिएपछि पशुसेवा विभागको प्रयोगशालामा परीक्षण गरेपछि कागमा बर्डफ्लु पुष्टि भएको हो ।
खुला स्थानमा काग जताततै उड्ने पंक्षी भएकाले कुखुरा पालिएका स्थानसम्म पुग्ने संभावना रहेकाले नगरपालिका क्षेत्रमा कुखुराका दाना ओसारपसार नगर्न सार्वजनिक सूचना जारी गरेको छ ।
पशुसेवा विभागले मृत कागमा एचफाइ एन वान र एच नाइन गरी दुवै खालको बर्डफ्लु भाइरस डुलुवा फिरन्ते चराबाट कागमा बर्डफ्लु संक्रमण भएको हुनसक्ने अनुमान छ ।
यसअघि बेलायती राजदूतावास परिसरमा बसेका कागमा संक्रमण देखिएको थियो । यदि संक्रमण उपत्यकाभित्र पालन गरेका कुखुरामा फैलिएमा मर्ने छ भने उक्त मरेका कुखुरा बंगुरलाई खुवाउने वा कुन स्रोतबाट आएको भन्ने थाहा नभइ सस्तो पाएकै भरमा कुखुराको मासु उपभोग नगर्न पनि पशुसेवा विभागले सचेत गराएको छ ।
प्रतिक्रिया