वैशाख ६, २०८३
सबै समाचार

नेपाली भाषा कन्भर्टर सञ्चारगृह डटकम सार्वजनिक

काठमाडौं– नेपालीमा लेखेर युनिकोडमा रूपान्तरण गर्न नयाँ वेब प्लेटफर्म सञ्चारगृह डटकम सार्वजनिक गरिएको छ ।

तस्बिरः नेपाली भाषा प्रिती फन्ट रुपान्तरणको वेवसाइट


यो प्लेटफर्ममार्फत प्रयोगकर्ताले सहजै प्रीति फन्टबाट टु युनिकोड, युनिकोड टु प्रीतिमा रूपान्तरण गर्न सक्ने बताइएको छ । रोमनमा लेखेर पनि परिणत गर्ने सुविधा रहेको बताइएको छ । यो प्लेटफर्मलाई अरू कनभर्टरभन्दा फरक बनाउन युजर एक्सपिरियन्स र युजर इन्टरफेसमा विशेष ध्यान दिइएको छ । यो फन्ट कन्भर्टरलाइ निःशुल्क प्रयोग गर्न सकिने जनाइएको छ ।


यसले विशेषत् अनुवादक, पत्रकार र प्रकाशन गृहका लागि उपयोगी हुने सञ्चारगृहका प्रमुख शम्भु ढुंगानाले जनाएका छन् ।
समाचार सम्पादन, पुस्तक प्रकाशन वा अनुसन्धान कार्यमा प्रीति–युनिकोड रूपान्तरण गर्ने यो प्लेटफर्मले समयको बचत हुने दावी गरिएको छ ।


यो प्लेटफर्म मोबाइलमैत्री पनि छ । निकट भविष्यमा स्पेल चेकर, व्याकरण, प्रत्यक्ष नेपाली टाइपिङ टुल र बहुभाषिक कन्भर्टर यो प्लेटफर्ममा थपिने योजना गहेको जनाइएको छ ।

प्रतिक्रिया