काठमाडौं– उच्चहिमाली जिल्लाहरुमा हिमपात र पहाडी भागमा असिनापानी परेको छ ।
काठमाडौ उपत्यकामा अधिकांश क्षेत्रमा वर्षा भएको छ भने नुवाकोटका पूर्वीभेग शिवपुरीमा असिना पानी परेको छ भने अन्यस्थानमा पानी परेको छ ।
उच्चहिमाली क्षेत्रमा पर्ने हिमाली जिल्ला हुम्ला,मुगु, डोल्पा, मनाङ, मुस्ताङ, उत्तरी गोरखा, रसुवा, उत्तरी सिन्धुपाल्चोक, दोलखाको उत्तरी भेग, सोलुखुम्बु लगायतका जिल्लामा हिमपात भएको छ भने तल्लो क्षेत्रमा असिना सहितको वर्षा भएको छ । हिमपातका कारण जनजीवन स्थानीयवासी प्रभावित भएका छन् । आइतबार साँझदेखि परेको भारी हिमपातले मनाङको माथिल्लो भेगका याकचौरी हिमपातको चपेटामा परेका छन् ।
हिमाली लेकका खर्कमा पगेका चौरीलाई बस्न र घाँसको समस्या पर्ने गर्छ । त्यसैगरी मुस्ताङको लोमान्थाङ क्षेत्रमा परेको हिमपातले स्थानीयलाई आवतजावत गर्न समस्या भएकाले जनजीवन प्रभावित भएको छ । त्यहाँ शनिबारदेखि हिउँ परेको हो ।
मुक्तिनाथ क्षेत्रमा हिमपातले दर्शनार्थीलाई सास्ती

निरन्तर हिमपातले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ को मुक्तिनाथ क्षेत्रलगायत मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात भएको छ ।
मुक्तिनाथ विकास समितिले जनाए अनुसार यसअघि ६ पटक हिमपात भएपनि शनिबारदेखि परेको हिउँ बाक्लो छ । जसले गर्दा मुक्तिनाथ दर्शनका लागि आएका दर्शनार्थीहरुले सास्ती पाएका छन् । त्यहाँको रानीपौवा बसपार्कदेखि मुक्तिनाथमन्दिरसम्मको यात्रा गर्न हिउँले अवरोध पु¥याएको स्थानीयले जनाएका छन् ।
प्रतिक्रिया