
नुवाकोट– भगवान गणेशलाई विघ्न नाशक र बुद्धिको देवताको रुपमा मानिन्छ । उनको उत्पत्ति, महिमाको बारेमा धार्मिक शास्त्रमा भनिएको छ, पार्वतीले स्नान गर्दै गर्दा आफ्नो शरीरको मयलबाट गणेशको सिर्जना गरिन् ।
उनलाई शिवको दरबारको सुरक्षा गर्न नियुक्त गरिन् । जब भगवान शिव घर फर्किएर प्रवेश गर्न खोजे, तब गणेशले रोके । रोकेपछि शिव र गणेशको युद्ध भयो । शिवले उनका टाउको काटिदिए । त्यसपछि पार्वतीले उनलाई व्यु“ताइदिन विन्ति गरिन् । भगवान शिवले जुन प्राणी आफ्नो आमाको विपरित भई सुतेको छ, त्यस्तो प्राणीको पहिलो शिर ल्याउन शिवगणलाई अह्याए । शिवगणले एकहात्ती बाहेक अरु त्यसरी सुतेको भेटेनन् र सोही हात्तिको वच्चाको शिर काटेर ल्याए । शिवले गणेशलाई पुनर्जीवित गरे । त्यसैले उनको टाउको हात्तीको बनेको हो ।

गणेशको महत्व
भगवान् गणेशलाई सबै बाधा र समस्या हटाउने विघ्न नाशक, ज्ञान र बुद्धि, सफलता र समृद्धि, नया“ कार्यको थालनी, व्यापार वा अध्ययनको शुभ आरम्भको देवताको रुपमा मानिन्छ । साथै उनले गणेश र कार्तिकेयलाई विश्वब्रम्हाण्ड घुमेर पहिले जो कैलाश आइपुग्छ त्यसैको पूजा पहिलो हुने भनेपछि भगवान् गणेशले सबै सृष्टिको मूलआधार शिवपार्वती भएकाले उहा“हरुलाई घुमे सबै बाम्हाण घुमे सरह हो भन्ने बुद्धि लगाए । शिवपार्वती रहेको कैलाशलाई घुमेर स्तुति गरेपछि पहिलो पूजा गणेशको गर्नु भनेर शिवजीले आशिर्वाद दिएकाले उनको पूजा हु“दै आएको छ ।
पूजा विधि
हात–मुख धोइ शुद्ध भई दीप–धूप–पुष्प अर्पण गर्ने, दीप, धूप, रातो वा सेतो फूल, दुवो,फलफूल र लड्डु चढाइन्छ ।
ॐ ऐं गणपतये नमः भनेर मन्त्रोच्चारण गरिन्छ । गणेशलाई भाद्र शुक्ल चतुर्थीका दिन उनलाई विशेषपर्वका रुपमा पूजिन्छ ।
प्रतिक्रिया