
नेपालका दुई हात्ती कतार पठाइदै
काठमाडौं– नेपाल सरकारले उपहार स्वरुप दुई हात्ती कतारलाई दिएको छ ।
बुधबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका लागि पाइएको हो । ती दुई हात्ती कतार एयरवेजको बोइङ ७७७ एफ फ्रेटर जहाजमार्फत सा“झ ६ वर्षको भाले खगेन्द्रप्रसाद र ७ वर्षकी पोथी रुद्रकली उडान भरेका हुन् ।
ती दुई हात्ती मंगलबार चितवनबाट भैरहवा लगिएको थियो । भैरहवाबाट उडान भरेको ४ घण्टामा कतार पुग्ने विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जनाएका छन् । बुधबार बिहान मौसम खराब हु“दा जहाज कोलाकाता डाइभर्ट भएको थियो ।
हात्तीहरूसँगै चितवनका एक जना पशु प्राविधिक, रूद्रकलीका माउते बुद्धिलाल श्रेष्ठ तथा खगेन्द्रप्रसादका माउते पाचुखा थारु पनि कतार प्रस्थान गरेका छन् । केही समय हात्तीहरूको रेखदेख गर्नेदेखि त्यहाँका कर्मचारीहरूलाई हात्तीको स्याहारसुसार गर्न सिकाएर मात्रै उनीहरू फर्किने छन् ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले २०८१ वैशाख ११ र १२ गतेको नेपाल भ्रमणका क्रममा सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने बाचा गरेको थियो ।
खगेन्द्रमली पोस्टमा कोशीकलीबाट २०७६ माघमा जन्मिएको खगेन्द्रप्रसाद हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसरमा हुर्किएपछि उसको नाम खगेन्द्रप्रसाद राखिएको थियो ।
खगेन्द्रप्रसादकी आमा कोशीकलीलाई प्रशिक्षक हात्ती मानिन्छ । उसैले छावाहरु(हात्तीका) हात्ती प्रजनन तथा तालिम केन्द्रमा घुम्न पुग्ने पर्यटकलाई फूलको माला लगाएर आर्शिवाद दिने काम खगेन्द्रप्रसादले गर्दै आएको थियो ।
२०७५ सालमा पूजाकलीबाट रुद्रकली जन्मिएको हो । ३ महिनाको हुँदा पूजाकलीको मृत्यु भएपछि रुद्रकलीलाई माउतेहरुले हुर्काएका थिए । दुवै हात्तीको बाबु चाहिं जंगली हात्ती रोनाल्डो रहेको निकुञ्जले जनाएको छ ।
२०४४ सालमा भारतले उपहारस्वरूप १६ वटा हात्ती दिएको थियो । तिनीहरुलाई सौराहाको हात्ती प्रजनन केन्द्र खोलेर राखिएको थियो । भारतले हात्ती दिएपछि नेपालले ४ वटा एकसिंगे गैंडा भारतलाई दिएको थियो ।
प्रतिक्रिया